समाज


माओवादी केन्द्रका नेता रामचन्द्र कुशवाहाको निधन

माओवादी केन्द्रका नेता रामचन्द्र कुशवाहाको निधन

नेपालखबर
असार ३२, २०८२ बुधबार ७:३६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र कुशवाहाको निधन भएको छ। 

महोत्तरीको गौशाला निवासी कुशवाहाको उपचारको क्रममा गएराति काठमाडौँको वीर अस्पतालमा निधन भएको हो। 

७० वर्षीय कुशवाहा ६ महिनायता क्यान्सर रोगबाट पीडित थिए।  

पञ्चायत कालदेखि नै किसान मोर्चामा रहेर काम गर्दै आएका वामपन्थी नेता कुशवाहा केन्द्रिय उखु उत्पादक सहकारी संघका अध्यक्षसमेत थिए। कुशवाहाले विगतमा जलेश्वर अस्पतालको अध्यक्ष भएर पनि काम गरेका थिए। 

उनी माओवादी निकट केन्द्रीय सहकारी विभागका सदस्य तथा अखिल नेपाल किसान संघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य थिए। साथै उनी जिल्ला सहकारी संघ महोत्तरी र जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार पनि थिए। 

कुशवाहाको निधनप्रति माओवादी केन्द्रका नेताहरू गिरिराजमणि पोखरेल, मातृका यादव लगायतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। 

कुशवाहाका पत्नी, दुई छोरा र दुई छोरी छन्। उनको पार्थिव शरीर बुधबार बिहान महाेत्तरीकाे गाैशाला १२ पडरियास्थित निवासमा ल्याइएको छ। आजै उनको अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ।

कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी सभापति नागेश्वर यादव, नेकपा (एमाले)का अध्यक्ष बलिराम यादव र  माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad