ग्लोबल


भन्सार लगाएरै ट्रम्पले उठाए ५० अर्ब डलर, चीन र क्यानडाबाहेक सबै डराए

भन्सार लगाएरै ट्रम्पले उठाए ५० अर्ब डलर, चीन र क्यानडाबाहेक सबै डराए

नेपालखबर
असार ३२, २०८२ बुधबार १५:१६,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूलाई भन्सार महसुल लगाएर झण्डै ५० अर्ब डलर रकम उठाएका छन्। उनले त्यसरी भन्सार लगाइरहँदा अन्य मुलुक भने अमेरिकामाथि भन्सार लगाउन डराएका छन्।

जबकि ट्रम्प सधैँ आफूले चालेको कदमबाट हिम्मत हारेर पछि हट्छन् भनेर विपक्षीहरूले आलोचना गर्दै आएका छन्।

ट्रम्पले व्यापार युद्ध सुरु गरेको चार महिनामा चीन र क्यानडाले मात्रै जवाफी भन्सार लगाउने आँट गरेका छन्। 

यो अवधिमा अमेरिकाले कीर्तिमानी भन्सार शुल्क उठाएको छ। दोस्रो त्रैमासमा उसले ६४ अर्ब डलर भन्सार उठाएको हो। त्यो भनेको गत वर्षको सोही अवधिको तुलनामा ४७ अर्ब डलर ज्यादा हो। 

उता चीनले अमेरिकी आयातमा लगाएको भन्सारबाट भने ठूलो रकम उठेको छैन। मे महिनामा चीनको भन्सार शुल्कमा अघिल्लो वर्षको तुलनामा मात्र १.९ प्रतिशतले वृद्धि भएको छ।

क्यानडाले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरिसकेको छैन। 

अन्य व्यापार साझेदारले भने ट्रम्पले अझै भारी महसुल लगाउने डरले अमेरिकासँग बदला लिन सकेका छैनन्। ईयूले जवाफी महसुल लगाउने योजना बनाएको थियो तर अहिले त्यसको कार्यान्यवन रोकेको छ।

अर्कोतिर, ट्रम्पले लगाएको भन्सारको मार पनि अमेरिकी उपभोक्तामा मात्र नपरेको विज्ञहरूको भनाइ छ। अन्तर्राष्ट्रिय ब्रान्डहरूले बढेको खर्चको भार विश्वभर वितरण गर्न थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad