ग्लोबल


दिल्लीमा प्यालेस्टिनीको समर्थन र इजरायलको विरोधमा प्रदर्शन

दिल्लीमा प्यालेस्टिनीको समर्थन र इजरायलको विरोधमा प्रदर्शन

प्यालेस्टिनीका पक्षमा शनिबार दिल्लीमा गरिएको प्रदर्शन।


नेपालखबर
साउन ४, २०८२ आइतबार ८:२०, काठमाडौँ

भारतको राजधानी दिल्लीमा शनिबार इजरायलको विरोध र प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन गरिएको छ। 

बीबीसी हिन्दीका अनुसार 'इन्डियन्स फर प्यालेस्टाइन' नामको संस्थाले दिल्लीको नेहरू प्लेसमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन गरेका हुन्। 

प्यालेस्टिनीका पक्षमा शनिबार दिल्लीमा गरिएको प्रदर्शन।

प्रदर्शनमा विद्यार्थी, शिक्षक, कलाकार र आम जनताले भाग लिएको दाबी संस्थाले गरेको छ। 

प्रदर्शनको उद्देश्य गाजासँग ऐक्यबद्धता देखाउनु र इजरायलले गरेको युद्धको निन्दा गर्नु हो।

प्यालेस्टिनीका पक्षमा शनिबार दिल्लीमा गरिएको प्रदर्शन।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा इजरायलले गरेको आक्रमणमा अहिलेसम्म ५८ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

शनिबार दिल्लीमा भेला भएका प्रदर्शनकारीले इजरायलले गाजामा योजनाबद्ध र जानाजानी युद्ध सुरु गरेको र त्यसमा भारत सरकारको समेत मिलेमतो रहेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad