ग्लोबल


इन्डोनेसियामा २८० जना सवार जहाजमा भीषण आगलागी, १५० यात्रुको उद्धार (भिडिओ)

इन्डोनेसियामा २८० जना सवार जहाजमा भीषण आगलागी, १५० यात्रुको उद्धार (भिडिओ)

दुर्घटनास्थल


नेपालखबर
साउन ५, २०८२ सोमबार ५:५०, काठमाडौँ

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तको तालिसे टापुनजिकै केएम बार्सिलोना भीए नामक यात्रुवाहक जहाजमा आइतबार दिउँसो ठूलो आगलागी भएको छ। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

जहाजमा २८० यात्रु सवार थिए, जसमध्ये करिब १५० यात्रुलाई सकुशल उद्धार गरिएको छ। १०० भन्दा बढी बेपत्ता छन्, उनीहरूको खोजी जारी छ। आगो तीव्र गतिमा फैलिएको कारण धेरै यात्रुले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फालेका थिए।

यो तालाउड टापुबाट मानाडो बन्दरगाहतर्फ जाँदै थियो। क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले स्थानीय मिडियालाई बताएअनुसार आगो दिउँसो १:३० बजेतिर सुरु भएको थियो र द्रुत गतिमा जहाजभरि फैलिएको थियो।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन। इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सी, नौसेना, तटरक्षक र स्थानीय मछुवाहरूले तुरुन्तै उद्धारमा खटिएका छन्।

लिकुपाङ बन्दरगाहमा कमान्ड पोस्ट स्थापना गरिएको छ, जहाँबाट उद्धार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad