ग्लोबल


इजरायलद्वारा गाजाको देइर अल बलाहमा स्थल र हवाई आक्रमण सुरु

इजरायलद्वारा गाजाको देइर अल बलाहमा स्थल र हवाई आक्रमण सुरु

इजरायलले गाजाको देइर अल बलाह सहरमा आक्रमण सुरु गरेको छ।


नेपालखबर
साउन ५, २०८२ सोमबार १६:११, काठमाडौँ

इजरायलले मध्य गाजाको देइर अल-बलाहमा स्थल र हवाई आक्रमण सुरु गरेको छ।

यसअघि इजरायली सेनाले देइर अल-बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यहाँबाट बाहिरिन सूचना गरेको थियो।

दक्षिणी गाजाको रफाह र खान युनिसका हजारौँ विस्थापित मानिसले यस क्षेत्रमा शरण लिएका थिए।

स्थानीय पत्रकारले बताएअनुसार इजरायली ट्यांक र अन्य सैन्य सवारीसाधन किसुफिम चेकपोइन्टबाट सहरमा प्रवेश गरेको बीबीसीले जनाएको छ। 

आइतबार, इजरायल रक्षा बल (आईडीएफ) ले देइर अल-बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यहाँबाट अल-मवासीतिर जान भनेको थियो।

यसपछि हजारौँ मानिस रातारात सहर छाडेर अल-मवासीको तटीय क्षेत्रतिर लागेका थिए।

इजरायली सेनाले सहर खाली गराउनु नयाँ करिडोर सिर्जना गर्ने प्रयासको एक हिस्सा हुन सक्ने आशंका स्थानीयले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad