ग्लोबल


थाइल्यान्डको चेतावनी: कम्बोडियासँग जारी सैन्य झडप भयानक युद्धमा परिणत हुन सक्छ

थाइल्यान्डको चेतावनी: कम्बोडियासँग जारी सैन्य झडप भयानक युद्धमा परिणत हुन सक्छ

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइ


नेपालखबर
साउन ९, २०८२ शुक्रबार १४:२०, काठमाडौँ

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी संघर्ष भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्।

दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको र लाखौँ मानिस घरबारविहीन भएको बीबीसीले जनाएको छ।

दुई देशबीच एक शताब्दीभन्दा लामो समयदेखिको सीमा विवाद बल्झिएको हो। 

थाइल्यान्डमा उबोन रत्चाथनी र सुरिन प्रान्तमा भएको झडपमा कैयौँ मानिस घाइते भएका छन् र लाखभन्दा बढी विस्थापित भएका छन्।

उता कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा १,५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सीमा विवादकै विषयमा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरेको फोन कुराकानी सार्वजनिक भएपछि हालै कम्बोडियाको संवैधानिक अदालतले पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट निलम्बन गरेको थियो।

त्यसपछि उपप्रधानमन्त्री फुम्थम भेचायचाइले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्। 

थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि सीमा विवाद छ। यसै क्रममा गत मे महिनामा सीमामा झडप हुँदा एक कम्बोडियाली सैनिक मारएिका थिए।

‘लिक’ भएको फोनवार्तामा सिनावात्राले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको पाइएपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेर अदालतमा मुद्दा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad