ग्लोबल


रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिँदै ट्रम्पले भने: गम्भीर परिणाम भोग्नुपर्नेछ

रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिँदै ट्रम्पले भने: गम्भीर परिणाम भोग्नुपर्नेछ

नेपालखबर
साउन १७, २०८२ शनिबार ६:२४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्।

उनले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिएका छन्। यद्यपि, उनले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर भनेनन्।

ट्रम्पले सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा यस निर्णयबारे बारेमा जानकारी दिएका छन्। उनले आफ्नो कदमका लागि रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको उत्तेजक अभिव्यक्तिलाई दोष दिएका छन्।

यसअघि जुलाई २८ मा स्कटल्यान्ड भ्रमणका क्रममा ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग १० देखि १२ दिनको समय रहेको घोषणा गरेका थिए। यस अविधमा रुसले युद्धविराम वार्ता गर्न सहमत भएन भने रुससँग व्यापार गर्ने देशमा 'माध्यमिक शुल्क' लगाइने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad