गाजामा इजरायली बन्धक एभियाटर डेभिडलाई हमासले भोकभोकै राखेको आरोप पीडित परिवारले लगाएको छ।
हमासले भिडिओ जारी गरेपछि डेभिडको परिवारले विज्ञप्ति जारी गरेर उनलाई भोकै राखिएको बताएको हो।
भिडिओमा धेरै कमजोर डेभिडलाई साँघुरो र कंक्रिट सुरुङमा देखिएको छ।
२४ वर्षीय डेभिडलाई २०२३ अक्टोबर ७ मा हमासले नियन्त्रणमा लिएको थियो।
त्यसबेलादेखि उनी अझै हमासको हिरासतमा छन्।
दक्षिणी इजरायलमा आयोजित सांगीतिक महोत्सवका क्रममा डेभिडलाई लगिएको थियो।
उनको परिवारले भनेको छ, ‘हामी हाम्रा प्यारो छोरा तथा भाइ एभियाटर डेभिडलाई हमासले गाजास्थित सुरुङमा जानाजानी र निन्दनीय रूपमा भोकै मारिएको हेर्न बाध्य छौँ- एक जीवित कंकाल, जिउँदै गाडिएको।’
381
Shares

प्रतिक्रिया