ग्लोबल


ट्रम्पलाई इजरायलकै ६०० पूर्वअधिकारीको अपिल : नेतन्याहुलाई दबाब दिएर गाजामा युद्ध रोक्नुहोस्

ट्रम्पलाई इजरायलकै ६०० पूर्वअधिकारीको अपिल : नेतन्याहुलाई दबाब दिएर गाजामा युद्ध रोक्नुहोस्

इजरायली बन्धकका परिवारले सरकारसँग उनीहरूको रिहाइलाई प्राथमिकता दिन माग गरेका छन्।


नेपालखबर
साउन १९, २०८२ सोमबार १९:३९, काठमाडौँ

६०० भन्दा बढी अवकाशप्राप्त इजरायली सुरक्षा अधिकारीहरूको समूहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर गाजामा तुरुन्तै युद्ध अन्त्यका लागि इजरायललाई दबाब दिन अपिल गरेका छन्।

बीबीसीका अनुसार त्यसमा इजरायलका गुप्तचर निकायका पूर्वप्रमुखहरू पनि छन्। 

उनीहरूले पत्रमा लेखेका छन्, ‘हाम्रो पेसागत मूल्यांकअनुसार, हमास अब इजरायलका लागि रणनीतिक खतरा छैन।’

पूर्वअधिकारीहरूले अगाडि लेखेका छन्, ‘इजरायली जनतामाझ तपाईंको लोकप्रियता र विश्वासले तपाईंलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारलाई सही दिशामा लैजान मद्दत गर्न सक्छ। यो युद्ध रोक्नुहोस्, बन्धकहरूलाई फिर्ता गर्नुहोस् र जनताको पीडा अन्त्य गर्नुहोस्।’

यो अपिल नेतन्याहुले हमाससँग युद्धविराम वार्ता रोकेर गाजामा सैन्य अपरेसन अगाडि बढाउन खोजिरहेका बेला आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad