ग्लोबल


ट्रम्पको मध्यस्थतामा आर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

ट्रम्पको मध्यस्थतामा आर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

ट्रम्पको उपस्थितिमा शान्ति सम्झौतापछि हात मिलाउँदै अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र अर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यान।


नेपालखबर
साउन २४, २०८२ शनिबार १३:१८, काठमाडौँ

दशकौँदेखि द्वन्द्वरत आर्मेनिया र अजरबैजानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्तथतामा शान्ति सम्झौता गरेका छन्। 

बीबीसीका अनुसार अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा शुक्रबार दुई देशका नेताहरूबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको हो। वार्ता ट्रम्पले आयोजना गरेका थिए। 

शान्ति सम्झौतापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र अर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यानले हात मिलाए।

जुन क्षणलाई अमेरिकाका राष्ट्रपति ट्रम्पले ‘ऐतिहासिक घटना’ भने। उनले थपे, ‘यसले धेरै समय लगायो।’

सम्झौताले दुई देशबीचका केही प्रमुख यातायात मार्ग पुन: खोल्नेछ र यस क्षेत्रमा अमेरिकी प्रभाव बढाउनेछ।

१९८० र १९९० को दशकमा आर्मेनियाली मूलको क्षेत्र नागोर्नो-काराबाखमा आर्मेनिया र अजरबैजान लडेयता हिंसा बढेको छ। 

ट्रम्पका अनुसार सम्झौतामा आर्मेनिया र अजरबैजानले ‘सदाका लागि’ सबै लडाइँ बन्द गर्ने साथै खुला यात्रा, व्यापार र कूटनीतिक सम्बन्ध राख्ने वाचा गरेका छन्। 

अलियेभले भने, ‘आज हामी काकेससमा शान्ति स्थापना गर्दै छौँ। हामीले युद्ध, कब्जा र रक्तपातमा फसेर धेरै वर्ष खेर फाल्यौँ।’

पसिन्यानले सम्झौतामा हस्ताक्षर हुनुलाई दुई देशबीचको सम्बन्धमा ‘महत्त्वपूर्ण कोसेढुंगा’ भने। 

ट्रम्पले भने, ‘उनीहरूले ३५ वर्षसम्म लडे, अब उनीहरू साथी हुन् र लामो समयसम्म साथी नै रहनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad