पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा वर्षा र बाढीमा परी २ सयभन्दा बढी जनाको मृत्यु भएको छ।
खैबर पख्तुनख्वा प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार प्रान्तका विभिन्न जिल्लामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको हो।
यसैबीच बाढीपीडितका लागि बाजौरमा राहत सामग्री बोकेको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गण्डापुरले बाढी र वर्षाबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै शनिबारका लागि प्रान्तमा शोकको घोषणा गरेका छन्।
54
Shares

प्रतिक्रिया