अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति पुटिनलाई भेट्न राजधानी वासिङ्टनबाट अलास्का प्रस्थान गरेका छन्।
उनले अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा पुटिनसँग युक्रेन युद्ध रोक्ने विषयमा छलफल गर्नेछन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प एयर फोर्स वनबाट अलास्का प्रस्थान गरेका हुन्। अलास्का पुग्न उनलाई लगभग ७ घण्टा लाग्नेछ।
नेपाली समयअनुसार दुई नेताबीच आज राति साढे १ बजेतिर भेटवार्ता हुनेछ।
अलास्का प्रस्थान गर्नुअघि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्- 'धेरै कुरा दाउमा छ!'
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफू 'अमेरिकाको भर परेको' बताएका छन्।
एक्समा जारी विज्ञप्तिमा जेलेन्स्कीले ट्रम्पका शब्द दोहोर्याउँदै भनेका छन्, 'आजको बैठक साँच्चै धेरै महत्त्वपूर्ण छ।'
उनले ट्रम्प र पुटिनको बैठकले 'न्यायपूर्ण शान्तिको बाटो खोल्ने' र युक्रेन, अमेरिका र रुसबीच त्रिपक्षीय बैठक हुने आशा पनि व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया