ग्लोबल


किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

किस्तवाडमा बिहीबार बाढी-पहिरो आउँदा। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
साउन ३१, २०८२ शनिबार १२:३७, काठमाडौँ

जम्मु-कश्मीरको किस्तवाड जिल्लाको चासोती गाउँमा गत बिहीबार आएको बाढी-पहिरोमा परी मृत्यु भएकाको संख्या ६५ पुगेको छ।

तीमध्ये अहिलेसम्म ३४ जनाको शव पहिचान भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

बाढी-पहिरोमा २०० जना अझै बेपत्ता छन्। घाइतेको संख्या १८० पुगेको छ। जसमध्ये ४० जनाको अवस्था गम्भीर छ। 

बिहीबार (अगस्ट १४) दिउँसो जम्मु-कश्मीरको चासोती गाउँमा भीषण बाढी-पहिरो गएको थियो। 

खोज तथा उद्धारका क्रममा आज तेस्रो दिनसम्म ५०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ। 

हजारौँ भक्तजन मचैल माता यात्राका लागि किस्तवाड जिल्लाको पद्दार उप-डिभिजनको चासोती गाउँ पुगेका बेला भीषण वर्षा भई बाढी-पहिरो आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad