ग्लोबल


हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा

हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा

नेपालखबर
भदौ २, २०८२ सोमबार ८:२३, काठमाडौँ

गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्। 

आइतबार राति राजधानी तेल अभिभको "बन्द स्क्वायर"मा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ। 

एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए। यस क्रममा दिनभरि करिब ४० जनालाई पक्राउ गरिएको छ। 

विरोध प्रदर्शनका आयोजकले गाजा सहरको नियन्त्रण लिने योजनाले हमासद्वारा बन्धक बनाइएका २० जनाको ज्यानलाई खतरामा पारेको बताएका छन्।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने विरोध प्रदर्शनको आलोचना गरेका छन्। 

उनले भनेका छन्, ‘यसले हमासको अडानलाई बलियो बनाउँछ र बन्धकहरूको रिहाइ ढिला गराउँछ।’

७ अक्टोबर २०२३ मा इजरायलमा हमासले आक्रमण गर्दा झन्डै १ हजार २०० जना मारिए भने  २५१ जनालाई गाजामा लगेर बन्धक बनाइयो। 

त्यसयता इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ६१ हजार ००० भन्दा बढी प्यालेस्टिनी हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad