ग्लोबल


भियतनाममा भीषण आँधी, झन्डै ६ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी

भियतनाममा भीषण आँधी, झन्डै ६ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी

भियतनामका विपद् व्यवस्थापन टोली उद्धारका लागि तयारीमा छन्।


नेपालखबर
भदौ ९, २०८२ सोमबार १९:१०, काठमाडौँ

भियतनाममा सोमबार ‘कजिकी’ नामको शक्तिशाली आँधी आएको छ।

भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरसम्म रेकर्ड भएको छ।

यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा पनि देखिएको छ।

सावधानीका लागि त्यहाँको सरकारले ५ लाख ८६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न सुझाव दिएको छ।

राहत र उद्धारका लागि हजारौँ सैनिकलाई तयार राखिएको बीबीसीले जनाएको छ।

आँधीका कारण धेरै क्षेत्रमा रेल र उडान रोकिएका छन्। विद्यालयहरू पनि बन्द गरिएका छन्।

भियतनामका अधिकारीहरूले यो आँधी गत वर्षको यागी आँधीजत्तिकै शक्तिशाली भएको बताएका छन्। 

यागी आँधी आउँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो भने अर्बौंको धनमाल क्षति भएको थियो। 

अहिलेको कजिकी आँधी सुरुमा चीनको हेनान टापुनजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागमा भारी वर्षा भएको थियो।

अब भियतनामको पूर्वी क्षेत्र यसको प्रत्यक्ष चपेटामा परेको बताइएको छ।

भियतनामका धेरै भागहरूमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ।

स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad