उत्तर कोरियाका नेता किम जोङ-उन सेप्टेम्बर ३ मा चीनमा हुने सैन्य परेडमा भाग लिने भएका छन्।
चीनको विदेश मन्त्रालयले उक्त जानकारी दिएको हो।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुनेछन्।
चीनमा यो 'विजय दिवस' परेड जापानसँगको युद्धको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिनेछ।
चीनले यस परेडमा आफ्ना नयाँ हतियार प्रदर्शन गर्नेछ, जसमा सयौँ विमान, ट्याङ्क र ड्रोनविरोधी प्रणाली हुनेछन्।
परेडमा चीनले आफ्नो सेनाको नयाँ शक्ति पूर्ण रूपमा प्रदर्शन गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ।
222
Shares

प्रतिक्रिया