ग्लोबल


हुथीले भन्यो: इजरायलले हाम्रा प्रधानमन्त्री मार्‍यो

हुथीले भन्यो: इजरायलले हाम्रा प्रधानमन्त्री मार्‍यो

अहमद गालिब अल-राहवी


नेपालखबर
भदौ १५, २०८२ आइतबार ५:३४, काठमाडौँ

यमनका हुथी विद्रोहीले आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-राहवी इजरायलको आक्रमणमा मारिएको बताएका छन्। 

गाजा युद्ध सुरु भएदेखि वरिष्ठ अधिकारी मारिएको पहिलो घटना भएको उल्लेख गर्दै यो अहिलेसम्मकै ठूलो क्षति भएको हुथी विद्रोहीको भनाइ छ। 

समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीको समाचार एजेन्सीलाई उद्धृत गर्दै समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मसतले शनिबार उक्त कुरा बताएको उल्लेख गरेको छ।

बिहीबार राजधानी सानामा भएको आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन, तर यसमा अन्य पनि धेरै व्यक्ति घाइते भएको बताइएको छ।

एएफपीका अनुसार अल-राहवीलाई अन्तिमपटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।

हुथी विद्रोहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल-राहवीको मृत्युको घोषणा गर्दछौँ। उनको मृत्यु उनका धेरै सहकर्मीसँगै भएको छ। उनलाई इजरायलले निसाना बनाएको थियो।’

विज्ञप्तिमा आक्रमणमा घाइते भएका धेरै सहकर्मीको अस्पतालमा उपचार भइरहेको पनि उल्लेख गरिएको छ।

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका प्रमुख, रक्षामन्त्री र अन्य अधिकारीलाई निसाना बनाइएको बताएको थियो। 

अहमद अल-रहवी एक वर्षअघि मात्र प्रधानमन्त्री बनेका थिए, तर सरकारको बागडोर उनका उपप्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad