ग्लोबल


अफगानिस्तान भूकम्प: मृतकको संख्या ८ सय नाघ्यो

अफगानिस्तान भूकम्प: मृतकको संख्या ८ सय नाघ्यो

नेपालखबर
भदौ १६, २०८२ सोमबार १६:२७,

अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ। पूर्वी कुनर प्रान्तमा गत राति ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

कुनर र नानगरहार प्रान्तमा गरी ८१२ जनाको मृत्यु भएको २५ सय घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

सानो भए पनि सो भूकम्मको जमिनको सतहनजिक गएकाले ज्यादा क्षति पुगेको विज्ञहरुले बताएका छन्।

केही गाउँहरु पूर्ण रुपमा नष्ट भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले अस्पतालहरु घाइतेले भरिभराउ भएको बताएका छन्।

रक्षा मन्त्रालयले ३० डाक्टर र ८०० किलो औषधि कुनर पठाइएको जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad