ग्लोबल


चीनले पहिलोपटक देखायो यो आणविक मिसाइल

चीनले पहिलोपटक देखायो यो आणविक मिसाइल

चीनको आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र


नेपालखबर
भदौ १८, २०८२ बुधबार ९:५८, काठमाडौँ

चीनले आज (सेप्टेम्बर ३) ८०औँ विजय दिवसका अवसरमा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। 

राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेपछि विशाल सैन्य परेड प्रदर्शन गरिएको हो। 

जसमा आणविक-सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन्।

बीबीसीका अनुसार विभिन्न प्रकारका छोटोदेखि मध्यमसम्म दूरीका क्षेप्यास्त्र, बहुप्रक्षेपण रकेट प्रणाली र मानवरहित लडाइँ हवाई सवारीसाधन (जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ) देखाइएका हुन्। 

जसमा हाइपरसोनिक ग्लाइड सवारीसाधन, वाईजे-२१ एन्टी-सिप क्रुज मिसाइल र जेएल-३ पनडुब्बी-प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि छन्। 

डीएफ-५सी पनि प्रदर्शन गरिएको छ, जुन चीनको डोङफेङ-५ आणविक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएमको नयाँ संस्करण हो।

चीनको आणविक क्षेप्यास्त्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad