कोरोना भाइरस (कोभिड—१९) बाट युरोपेली देश नेरल्यान्ड्समा एक नेपालीको मृत्यु भएको छ। लक्ष्मी भट्टचरनको कोरोना संक्रमणबाट मृत्यु भएको थकाली बेल्जियम समाज तथा गैरआवासीय नेपाली संघ,नेरल्यान्ड्सले पुष्टि गरेका हुन्।
‘नेदरल्याड्समा कोरोना संक्रमणबाट दुःखद घटना भएको छ। ४० वर्षीय लक्ष्मी भट्टचनको निधन भएको हो’, समाजका महासचिव रोशन शेरचनले भने।
लक्ष्मी एनआरएनए नेदरल्यान्ड्सकी सदस्य थिइन्। उनको नेपाल ठेगाना म्याग्दी जिल्ला हो।
कोरोनाबाट नेदरल्याड्समा नेपाली मृत्यु भएको यो पहिलो घटना हो। पति तथा सन्तानका साथ उनी त्यहाँ बसोबास गर्दै आएकी थिइन्। उनका पति भरत भट्टचन मोना नेदरल्यान्ड्सका बरिष्ठ उपाध्यक्ष हुन्।
गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्स राष्ट्रिय परिषद अध्यक्ष राम कँडेलका अनुसार उनी केही समययता अस्वस्थ थिइन्। कँडेल भन्छन्, ‘समाजसेवी श्रीमती लक्ष्मीको उपचार क्रममा असामयिक दुःखद निधन भएको हो। उनको निधनले नेदरल्याण्ड्सबासी नेपाली समुदाय स्तब्ध छ।’ अध्यक्ष कँडेलले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

प्रतिक्रिया