अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सम्पत्तिबारे प्रश्न गरेपछि अस्ट्रेलियाली पत्रकारसँग रिसाएका छन्।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का पत्रकार जोन लियोन्सले ट्रम्पलाई सोधे, ‘जनवरीमा राष्ट्रपति बनेयता तपाईं कति धनी हुनुभयो?’
ट्रम्पले जवाफ दिए, ‘मलाई थाहा छैन।’
ट्रम्पले आफ्ना छोराछोरीले पारिवारिक व्यवसाय व्यवस्थापन गर्ने बताए।
उनले भने, ‘मेरो विचारमा तपाईं अहिले अस्ट्रेलियालाई चोट पुर्याइरहनुभएको छ र जो मसँग राम्रो सम्बन्ध चाहन्छ।’
यस क्रममा उनले चाँडै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने जानकारी पनि दिए।
उनले भने, ‘म उनलाई तपाईंको बारेमा भन्नेछु। तपाईंले धेरै खराब वातावरण सिर्जना गर्नुभएको छ।’
जब पत्रकार लियोन्सले अर्को प्रश्न गर्न खोजे, तब ट्रम्पले आफ्नो औँला आफ्नो ओठमा राख्दै भने, ‘चुप।’
यसपछि उनी अर्को पत्रकारतिर लागे।
ट्रम्पको कडा प्रतिक्रियापछि लियोन्सले भने, विनम्रतापूर्वक सही प्रश्न गर्दा दुई देशबीचको सम्बन्ध बिग्रिन्छ भन्नु बेकारको सोच हो।
साथै उनले आफूले सोधेका प्रश्न जायज र अनुसन्धानमा आधारित रहेको जिकिर गर्दै अपमानजनक तरिकाले नसोधेको टिप्पणी गरे।
Shares

प्रतिक्रिया