राजनीति


मन्त्री छान्न बालुवाटारमा छलफल

मन्त्री छान्न बालुवाटारमा छलफल

प्रधानमन्त्री सुशीला कार्की। फाइल तस्बिर


नेपालखबर
असोज १, २०८२ बुधबार १४:५१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्।  

'प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,' स्रोतले नेपालखबरसँग भन्यो,'मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ। आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ।'

छलफलमा कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ‌ओमप्रकाश अर्याल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad