राजनीति


कप्तानगन्ज घटना गम्भीर अपराध र राज्य आतंक हो: नेकपा

कप्तानगन्ज घटना गम्भीर अपराध र राज्य आतंक हो: नेकपा

नेपालखबर
साउन १२, २०८३ मंगलबार १३:२६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कप्तानगन्ज घटनामा गम्भीर मानव अधिकार उल्लंघन भएको उल्लेख गर्दै विरोध जनाएको छ। 

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कप्तानगन्जमा गोली चलाउनुपर्ने अवस्था नरहेको नजाएको छ।

‘नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै थिएन,’ नेकपाले भनेको छ, ‘अझ घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हानी निहत्या नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतंक हो।’

सामाजिक सद्भाव कायम राख्नुपनेै संवदेनशील घडीमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनेपर्ने नेकपाले जनाएको छ। तर, कप्तानगन्जमा सरकारको सुरक्षा संयन्त्रबाट ज्यादती भएको उल्लेख गरिएको छ। 

राज्यका निकायकै कारण कप्तानगन्ज घटना भएको जनाउँदै यसको भर्त्सना गरेको छ। ‘सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकको ज्यानसमेत गएको छ,’ नेकपाले भनेको छ, ‘यो घटना गम्भीर मावन अधिकार उल्लंघन मात्र नभई गैरन्यायिक हत्याको उदारहण पनि हो।’

यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। त्यस्तै, पीडित परिवारजलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको उपचारको व्यवस्था गर्न पनि नेकपाले माग गरेको छ। 

यस्तो अवस्थामा संयमित भएर सामाजिक सद्भाव कायम राख्न सबैलाई नेकपाले अपिल गरेको छ। 

No description available.


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad