ग्लोबल


हमासलाई ‘डेडलाइन’ दिँदै ट्रम्पको चेतावनी: नत्र यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ

हमासलाई ‘डेडलाइन’ दिँदै ट्रम्पको चेतावनी: नत्र यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ

नेपालखबर
असोज १८, २०८२ शनिबार ५:४१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने आफ्नो प्रस्तावमा सहमतिका लागि हमासलाई समयसीमा दिएका छन्।

ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत हमास आइतबार वासिङ्टन, डीसी समयअनुसार साँझ ६ बजेसम्ममा सम्झौतामा पुग्नुपर्ने बताएका हुन्। 

ट्रम्पको योजनाअनुसार इजरायल-हमास युद्ध तुरुन्त अन्त्य हुनुपर्नेछ। थुनामा रहेका सयौँ गाजावासी छाडेको बदलामा ७२ घण्टाभित्र हमासले इजरायली बन्धकहरूको रिहाइ गर्नुपर्नेछ। 

अरब देश र टर्कीले हमासलाई यो प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको विश्वास गरिएको छ। तर हमासका एक वरिष्ठ नेताले यो अस्वीकार हुन सक्ने बताएका छन्। 

आफ्नो पोस्टमा ट्रम्पले प्रस्तावलाई यो ‘अन्तिम मौका’ भनेका छन्। 

उनले लेखेका छन्, ‘यदि यो सम्झौता भएन भने हामी हमासविरुद्ध यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ। मध्य पूर्वमा कुनै न कुनै तरिकाले शान्ति स्थापना हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad