इजरायल र हमासबीच इजिप्टमा सोमबारदेखि वार्ता जारी छ।
वार्तामा सहभागी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीलाई लेखेअनुसार अप्रत्यक्ष वार्ताको दोस्रो दिन मंगलबार कुनै ठोस परिणाम निस्केन।
जसका कारण वार्ता आज (बुधबार) पनि जारी रहने जनाइएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भनेका छन्, ‘मध्यपूर्वमा शान्ति ल्याउन सम्भव छ।’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने वार्ताबारे टिप्पणी गरेनन्।
बरु एक्समा पोस्ट गरी उनले सबै बन्धकको रिहाइ, गाजामा हमास शासनको अन्त्यको अडान दोहोर्याएका छन्।
यसैबीच अमेरिकाका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि बुधबार वार्तामा सहभागी हुँदै छन्।
90
Shares

प्रतिक्रिया