ग्लोबल


पाकिस्तानी सेनाको क्याम्पमा आत्मघाती आक्रमण, ७ सैनिकको मृत्यु, १३ घाइते

पाकिस्तानी सेनाको क्याम्पमा आत्मघाती आक्रमण, ७ सैनिकको मृत्यु, १३ घाइते

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार २३:८, काठमाडौँ

पाकिस्तानमा अफगानिस्तान सीमानजिकै उत्तरी वजिरिस्तानमा रहेको सैनिक शिविरमा आत्मघाती आक्रमण भएको हुँदा सात सैनिकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

यद्यपि अधिकारीहरूले आफ्ना कुनै पनि सैनिकको मृत्यु नभएको दाबी गरेका छन्।

रोयटर्सका अनुसार, आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको गाडी मिर अली क्षेत्रमा रहेको सैनिक शिविरको भित्तामा ठोकाएका थिए। गाडी चलाउने आक्रमणकारी पनि विस्फोटमा मरेका छन्। त्यसपछि तीन आतंककारी शिविरमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए, जसलाई जवाफी कारबाहीमा मारिएको छ। 

यसैबीच तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले मिर अलीस्थित सुरक्षा बलमाथि भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ। टीटीपीले आफ्नो खालिद बिन वालिद आत्मघाती टोली र तेहरिक तालिबान गुलबहारले आक्रमण गरेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad