ग्लोबल


पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम लागु गर्न सहमत

पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम लागु गर्न सहमत

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ७:५१, काठमाडौँ

कतारले दोहामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबीच भएको उच्चस्तरीय वार्ताले तत्काल युद्धविराम लागु गर्ने सहमति जुटाएको बताएको छ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुई देशले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न पनि सहमति जनाएका छन्।'

अर्को चरणमा, युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न दुवै पक्षका समिति दोहा र इस्लामाबादमा भेट्ने कतारले जनाएको छ।

कतारको विदेश मन्त्रालयले आशा व्यक्त  गर्दै अगाडि भनेको छ, 'यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्नेछ र क्षेत्रीय स्थिरतातर्फ निर्णायक पहिलो कदम साबित हुनेछ।'

जियो टीभीका अनुसार, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गरे र युद्धविरामले दुई देशबीच जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरे।

ख्वाजा आसिफले थप वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डल अक्टोबर २५ मा इस्तानबुलमा फेरि भेट्ने बताएका छन्।

यसअघि पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित धेरै नागरिक मारिएका थिए।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले युद्धविराम उल्लंघन गरेको र आक्रमणमा सर्वसाधारण मारिएको दाबी गरेको थियो।

यसैबीच पाकिस्तानले सुरक्षा बलहरूले अफगानिस्तानसँग सीमा जोडिएका उत्तर र दक्षिण वजिरिस्तान जिल्लाका सीमावर्ती क्षेत्रमा 'आतंकवादी शिविर'लाई निसाना बनाएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad