समाज


५-६ दिनकी बालिका अलपत्र अवस्थामा भेटिइन्

५-६ दिनकी बालिका अलपत्र अवस्थामा भेटिइन्

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ८:३, झापा

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एकजना नवजात शिशु फेलापरेकी छन्। 

स्थानीय सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरकी शिशु (बालिका) अलपत्र अवस्थामा फेलापरेकी हुन्। 

आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले बिहीबार राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए। 

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad