ग्लोबल


जमैका पुग्दै वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १४:२१, काठमाडौँ

यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी मेलिसा क्यारिबियन सागर पार गर्दै उत्तरपूर्वतिर सर्दै जमैकातर्फ नजिकिँदै छ।

अहिलेसम्म आँधीले जमैकामा तीन र हैटी र डोमिनिकन गणतन्त्रमा चार जनाको मृत्यु भइसकेको छ।

मौसम विज्ञहरूका अनुसार मेलिसा जमैकामा अहिलेसम्म आइपुगेको सबैभन्दा भीषण आँधी हुन सक्छ।

के अनुमान गरिएको छ भने हावाको गति १७५ माइल प्रतिघण्टा (लगभग २९० किलोमिटर प्रतिघण्टा) सम्म पुग्न सक्छ र वर्षा १०१ सेन्टिमिटर (४० इन्च) सम्म हुन सक्छ।

अमेरिकामा रहेको राष्ट्रिय आँधी केन्द्रले सोमबार बिहान मेलिसालाई श्रेणी ५ को आँधी घोषणा गरेको छ। यो भनेको उच्चतम श्रेणी हो।

क्युबा र दक्षिणपूर्वी बहामासका लागि पनि चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad