ग्लोबल


दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते

दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते

दिल्ली विस्फोट स्थल


नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ५:५, काठमाडौँ

भारतको दिल्लीस्थित लालकिल्लानजिकै सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसले नजिकैका सवारीसाधनहरूलाई चकनाचुर पारिदियो।

घटनामा ९ जनाको मृत्यु भयो भने २४ जना घाइते भएका छन्।

सुरुमा ११ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो, तर घटनाको तीन घण्टापछि गृहमन्त्री अमित शाहले ८ जनाको मात्र मृत्यु भएको बताए। त्यसपछि अस्पतालको सूचीमा ९ जनाको मृत्यु भएको उल्लेख गरियो।

कारको पछाडिको भागमा विस्फोट भएको थियो, जसले गर्दा नजिकै रहेका छवटा कार, दुईवटा ई-रिक्सा र एउटा अटो जले। दशवटा दमकलको सहयोगमा स्थानीय समयअनुसार साँझ ७:२९ बजेसम्ममा आगो नियन्त्रणमा लिइयो। 

प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए। कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ।

प्रहरीले सलमानलाई हिरासतमा लिएको छ। सलमानले कार पुलवामाका तारिकलाई बेचेका थिए, जसको खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad