ग्लोबल


दिल्लीमा विस्फोटअघिको सीसीटीभी सार्वजनिक

दिल्लीमा विस्फोटअघिको सीसीटीभी सार्वजनिक

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १०:२०, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ विस्फोट हुनुअगाडिको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। 

उक्त विस्फोट हुनुभन्दा ठीक अगाडिको सीसीटीभी फुटेज सार्वजनिक भएको हो। जसमा सेतो आई-२० कार पार्किङबाट निस्किरहेको देखिन्छ। यो आतंककारी डा. मोहम्मद उमरको भएको आशंका गरिएको छ।

प्रहरीले उमर फरिदाबाद मोड्युलको हिस्सा हुन सक्ने बताएको छ।

हालै जम्मु-कश्मीर प्रहरीले हरियाणाको फरिदाबादबाट लखनउसम्म अपरेसन सञ्चालन गरेको थियो र २९०० किलोग्राम विस्फोटक पदार्थ बरामद गरेको थियो।

यस अपरेसनमा फरिदाबादका डा. मुजम्मिल सकिल र लखनउकी महिला डाक्टर साहिन साहिदलाई पक्राउ गरिएको थियो।

दिल्ली प्रहरीको विशेष सेलका स्रोतहरूका अनुसार, डा. उमर पार्किङमा पार्क गरिएको आई-२० कारमा लगभग साढे दुईदेखि तीन घण्टासम्म बसिरहे। उनी एक क्षण पनि कारबाट निस्केनन्।

प्रहरी स्रोतका अनुसार, डा. उमर या त कसैको पर्खाइमा थिए वा पार्किङमा निर्देशनको पर्खाइमा थिए। उमर फरिदाबाद मोड्युलको हिस्सा थिए।

दिल्ली प्रहरीले लालकिल्लानजिकै भएको विस्फोटको सम्बन्धमा गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत एफआईआर दर्ता गरेको छ।

सुरक्षा एजेन्सीहरूले आत्मघाती आक्रमणको कोणबाट पनि अनुसन्धान सुरु गरेका छन्। घटनास्थलमा आरडीएक्सको कुनै प्रमाण भने भेटिएको छैनन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad