भारतको विदेश मन्त्रालयले इस्लामाबादको जी-११ अदालत परिसरमा मंगलबार भएको आत्मघाती हमलाको सम्बन्धमा पाकिस्तानले लगाएको आरोपको जवाफ दिएको छ।
बीबीसी हिन्दीका अनुसार भारतको विदेश मन्त्रालयले उक्त आरोपलाई आधारहीन र निराधार भनी खण्डन गरेको हो।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘पाकिस्तानी नेतृत्वले लगाएको उनले थपे, ‘यो पाकिस्तानले आफ्नो देशमा भइरहेको सैन्य-प्रेरित संवैधानिक विद्रोह र सत्ता कब्जा गर्ने प्रयासबाट जनताको ध्यान मोड्न भारतविरुद्ध झुटा कथा बनाउने रणनीति हो।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अन्तर्राष्ट्रिय समुदाय यो वास्तविकताबाट राम्ररी जानकार रहेको र ‘पाकिस्तानको विचलित रणनीति’बाट भ्रमित नहुने दाबी गरे।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इस्लामाबादको जी-११ अदालतमा भएको आत्मघाती हमलाको निन्दा गर्दै आक्रमणमा ‘भारत-समर्थित’ अतिवादी समूह संलग्न रहेको आरोप लगाएका छन्।
आक्रमणमा १२ जना मारिएका छन्।
Shares

प्रतिक्रिया