बागमती


चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ७:४८, काठमाडौँ

चितवनको इच्छाकामना गाउँपालिका-२ हपनीमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो।

दुर्घटनामा हपनीकै कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि भरतपुर लगिएको छ। 

जिपमा चालकसहित चार जना सवार थिए। जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad