मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकको ठक्करबाटएक वृद्धको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
हेटौँडाबाट फापरबारीतर्फ आउँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७१ वर्षीय खडकबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते घलानलाई उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–७ निवासी २५ वर्षीय देवराज विक र मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–६ का २० वर्षीय देवराज धानुकी घाइते भएका छन्। उनीहरु दुवै जनाको स्थानीय हात्तिसुडे मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया