ग्लोबल


जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो

जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ८:१०, काठमाडौँ

जम्मु-कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको विस्फोटमा मारिनेको संख्या ९ पुगेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार राति ११:२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना छ। 

नौगाम प्रहरी स्टेसनमा भएको विस्फोट गत सोमबार दिल्लीको लालकिल्लाअगाडि भएको कार बममा प्रयोग गरिएकै अमोनियम नाइट्रेटबाट गराइएको पाइएको छ। 

कश्मीर प्रहरी अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि मृतकहरूको पहिचान गर्न गाह्रो भएको छ। धेरै शव पहिचान गर्न बाँकी छ। विस्फोटले धेरैवटा कारमा पनि आगलागी भएको छ।

केही दिनअघि कश्मीरमा एक डाक्टरलाई पक्राउ गरिएको थियो।

यस क्रममा जम्मु कश्मीर प्रहरीले डा. मुजम्मिल गनाईको फरिदाबादस्थित भाडाको घरबाट ३६० किलोग्राम विस्फोटक पदार्थ जफत गरेको थियो।

मृतकहरूमध्ये धेरैजसो जम्मु कश्मीर प्रहरी अधिकारी र अमोनियम नाइट्रेटको अनुसन्धान गर्ने फोरेन्सिक टोलीका सदस्य हुन्। विस्फोटमा श्रीनगर प्रशासनका दुई स्थानीय अधिकारी पनि मारिएका छन्। जसमा एक नायब तहसिलदार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad