ग्लोबल


जम्मु-कश्मीरको श्रीनगरमा प्रहरी थानाभित्रै भएको विस्फोटबारे के भन्छन् प्रहरी महानिर्देशक?

जम्मु-कश्मीरको श्रीनगरमा प्रहरी थानाभित्रै भएको विस्फोटबारे के भन्छन् प्रहरी महानिर्देशक?

जम्मु-कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) नलिन प्रभात


नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १४:४, काठमाडौँ

जम्मु-कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) नलिन प्रभातले श्रीनगरको नौगाम प्रहरी थानाभित्र भएको विस्फोटमा ९ जनाको मृत्यु भएको र २७ प्रहरीसहित ३२ जना घाइते भएको जानकारी दिएका छन्।

डीजीपी प्रभातले पत्रकार सम्मेलनमा भने, ‘एफएसएल टोलीले नमुना लिने प्रक्रिया धेरै सावधानीपूर्वक गरिरहेको थियो, तर दुर्भाग्यवश राति ११:२० बजेतिर दुर्घटना भयो।’

उनले घटनाबारे अन्य कुनै पनि अनुमान बेकार भएको बताए।

डीजीपीले भने, ‘यस दुर्भाग्यपूर्ण घटनामा नौ जनाको मृत्यु भएको छ। यसमा तीन जना एफएसएल टोलीका कर्मचारी, दुई जना राजस्व अधिकारी र अन्य कर्मचारी छन्। यसका साथै २७ जना प्रहरी, दुई जना राजस्व अधिकारी र तीन जना सर्वसाधारण घाइते भएका छन्।’

उनका अनुसार सबै घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ।

उनले थपे, ‘प्रहरी थानाको भवनमा व्यापक क्षति भएको छ। वरपरका भवनमा पनि असर परेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।’

यसअघि समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै 'ह्वाइट-कलर' आतंकवादी मोड्युल केससँग सम्बन्धित विस्फोटक पदार्थबाट नमुना लिइँदै गर्दा विस्फोट भएको उल्लेख गरेको थियो।

विस्फोटक पदार्थ हरियाणाको फरिदाबादबाट ल्याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad