गत शुक्रबार दुबईमा भएको एयर सोका क्रममा भारतीय वायुसेनाको तेजस लडाकु विमान दुर्घटना हुँदा मृत्यु भएका पाइलट विङ कमान्डर नमांश स्यालको शव आज (आइतबार) भारत ल्याइने भएको छ।
हिमाचल प्रदेशको कांगडा जिल्लाका बासिन्दा नमांशको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म कांगडा विमानस्थल ल्याइपुर्याइने कांगडाका उपायुक्त हेमराज बैरवाले जानकारी दिएका छन्।
उनले शनिबारै भनेका छन् , ‘यहाँ सैन्य सम्मानका साथ उनलाई अन्तिम बिदाइ गरिनेछ। त्यसपछि उनको शव उनको पुर्ख्यौली गाउँ पटियालकट पठाइनेछ र अन्तिम संस्कार गरिनेछ।’
स्थानीय समय अनुसार शुक्रबार दिउँसो २ बजे दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा विमान खसेको थियो।
276
Shares

प्रतिक्रिया