ग्लोबल


इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ४४२ पुग्यो

इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ४४२ पुग्यो

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १९:४७, काठमाडौँ

इन्डोनेसियाको सुमात्रा द्वीपमा बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ४४२ पुगेको छ।

अधिकारीहरूका अनुसार सुमात्रामा राहत र उद्धार कार्य जारी छ। धेरै क्षेत्रमा सडक विच्छेद भएका छन्।

धेरै ठाउँमा इन्टरनेट र बिजुली आपूर्ति आंशिक रूपमा मात्र पन: सञ्चालन  गरिएको छ।

बीबीसीका अनुसार दक्षिणपूर्वी एसियाका धेरै भाग मनसुनी वर्षा र चक्रवातबाट गम्भीर रूपमा प्रभावित छन्।

इन्डोनेसियाका साथै मलेसिया, श्रीलंका र थाइल्यान्डमा पनि भारी वर्षा र बाढीले ठूलो क्षति भइरहेको छ।

थाइल्यान्डमा बाढीले हालसम्म मृत्युको संख्या १७० पुगेको छ भने उत्तरी मलेसियाली राज्य पेर्लिसमा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad