ग्लोबल


भेनेजुएलाको डुंगामा आक्रमण गर्न आदेश दिएको ह्वाइट हाउसद्वारा स्वीकार

भेनेजुएलाको डुंगामा आक्रमण गर्न आदेश दिएको ह्वाइट हाउसद्वारा स्वीकार

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिट


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १३:१७, काठमाडौँ

अमेरिकाले आफ्ना एक शीर्ष नौसेना कमान्डरले भेनेजुएलाको डुंगामा दोस्रो सैन्य हमला गर्न आदेश दिएको स्वीकार गरेको छ। 

तर त्यस डुंगामा लागुऔषध रहेको आरोप अमेरिकी प्रशासनले लगाएको छ। 

सोमबार ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले एडमिरल फ्रान्क ब्राडलीले आफ्नो अधिकार र कानुनभित्र रहेर यो अतिरिक्त हमला गरेको बताएकी हुन्। 

उनले यो पनि भनिन्, ‘रक्षा सचिव पिट हेगसेथले हमला गर्न अनुमति दिएका हुन् तर अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले रिपोर्ट गरेजस्तै सबैलाई मार्न आदेश दिएका होइनन्।’

बीबीसीका अनुसार पहिलो विस्फोटमा दुई जना बाँचेका थिए र उनीहरू जलिरहेको डुंगामा थिए। त्यसपछि दोस्रो आक्रमण गरिएको बताइएको छ। 

रिपब्लिकन र डेमोक्र्याटिक दुवै दलका सांसदहरूले घटनाबारे चिन्ता व्यक्त गर्दै यस विषयमा कंग्रेस (अमेरिकी संसद्) मा समीक्षा गरिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad