रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि अमेरिकी विशेष दूत स्टिभ विटकफले युक्रेनसँग वार्ता गरेेका छन्।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबाहाका अनुसार विटकफले युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा पुटिनसँगको छलफल सकारात्मक भएको जानकारी दिए।
सिबिहाले युक्रेनलाई चाँडै थप वार्ताका लागि अमेरिकामा आमन्त्रण गरिएको बताए।
रुसले राष्ट्रपति पुटिन अमेरिकी शान्ति प्रस्तावका केही बुँदामा विचार गर्न इच्छुक रहेको बताएको छ।
यसअघि रुसी अधिकारीहरूले नै मंगलबारको वार्ताले कुनै परिणाम नदिएको बताएका थिए।
यसैबीच बुधबार ब्रसेल्समा भएको नेटो विदेशमन्त्रीहरूको बैठकमा नेटो महासचिव मार्क रुटले सदस्य राष्ट्रहरूलाई युक्रेनको समर्थनमा नडगमगाउन आग्रह गरेका छन्।
96
Shares

प्रतिक्रिया