खेल


एनपीएलमा आज पनि दुई खेल

एनपीएलमा आज पनि दुई खेल

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार ७:२५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। 

पहिलो खेल ११ः४५ बजे हुनेछ। याे खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्नेछन्। अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ। 

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले  भने छ खेलबाट आठ अङ्क जोडेको छ। 

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad