रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणमा नयाँ दिल्ली ओर्लिएका छन्। उनको विमान स्थानीय समयअनुसार ६ः३५ बजे अवतरण भएको हो।
पुटिनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका छन्। उनले पालम विमानस्थलमा पुटिनलाई स्वागत गरेका हुन्।
स्वागतपछि एउटै गाडीमा सवार भएर पुटिन र मोदी विमानस्थलबाट निस्केका छन्।
आजै साँझ मोदीले पुटिनलाई निजी रात्रीभोज दिँदैछन्। उनीहरूबीच शिखर बैठक भने शुक्रबार हुनेछ।
594
Shares

प्रतिक्रिया