सोमबार बेलायत आइपुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जसँग डाउनिङ स्ट्रिटमा वार्ता गरेका छन्।
उनीहरूले गत हप्ता फ्लोरिडामा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच वार्ताका क्रममा तयार पारिएको युक्रेन शान्ति योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ।
स्टारमरले भने, ‘हामी युक्रेनको साथमा उभिन्छौँ। यदि युद्धविराम हुन्छ भने यो दीर्घकालीन युद्धविराम हुनुपर्छ।’
जेलेन्स्कीले युक्रेन-रुस युद्ध अन्त्य गर्न वार्ता गर्दा युरोप, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच एकता आवश्यक रहेको बताए।
उनले भने, ‘केही कुरा हामी अमेरिकाबिना व्यवस्थापन गर्न सक्दैनौँ भने केही कुरा युरोपबिना मिलाउन सक्दैनौँ। त्यसैले हामीले केही महत्त्वपूर्ण निर्णय गर्नुपर्छ।’
Shares

प्रतिक्रिया