ग्लोबल


अमेरिकामा गुडिरहेको कारमाथि विमान खस्यो (भिडिओ)

अमेरिकामा गुडिरहेको कारमाथि विमान खस्यो (भिडिओ)

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १८:३०, काठमाडौँ

अमेरिकाको फ्लोरिडामा गुडिरहेको कारमाथि अवतरणका क्रममा एउटा विमान खसेको छ।

यो दुर्घटना मेरिट आइल्यान्डनजिकै सोमबार भएको हो।

एउटा सानो विमान राजमार्गमा आपतकालीन अवतरण गर्दा सिधै कारमा ठोकियो। दुर्घटनाको भिडिओ भाइरल भएको छ।

यो सानो बिचक्राफ्ट ५५ मोडेलको विमान उडानका क्रममा अचानक खराब भयो। दुवै इन्जिनले शक्ति गुमाउन थाले।

त्यसपछि २७ वर्षीय पाइलट विमानलाई राजमार्गमा अवतरण गर्न बाध्य भए।

राजमार्गमा ट्राफिक धेरै थियो, त्यसैले अवतरणका क्रममा विमान टोयोटा क्यामरीसँग ठोकियो।

कार ५५ वर्षीया महिलाले चलाइरहेकी थिइन्। उनी घाइते भइन्।

उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उनलाई सामान्य चोटपटक मात्र लागेको थियोे।

उक्त दुर्घटना पछाडि गुडिरहेको अर्को कारको ड्यासक्याममा कैद भएको हो।

रिपोर्टअनुसार विमानमा दुई जना थिए : एक पाइलट र एक यात्रु। तर दुवैलाई केही भएन।

ब्रेभार्ड काउन्टी फायर रेस्क्युका अनुसार, विमान २०१ माइल मार्कर नजिकै आई-९५ राजमार्गमा आपतकालीन अवतरणको प्रयास गरिरहेको बेला नियन्त्रण गुमायो र कारमा ठोकियो।

दुर्घटनामा परेका कार र विमान दुवै क्षतिग्रस्त भएका छन्।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad