कला


नेपाल ललितकलामा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयमाथि छलफल

नेपाल ललितकलामा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयमाथि छलफल

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:४७, काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक/पत्रकार नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे।

सो कार्यपत्रमाथि पत्रकार सुशिला तामाङले टिप्पणी गरेका थिए। कार्यक्रमको विषयमाथि जगत् वाशिष्ठ, दिवेशमान सिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, मधु शाही, चाँदनी हमाललगायतले आफ्नो धारणा राखे।  

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको गतिविधिलाई स्थानीय तवरबाटै सक्षम र सशक्त बनाउन कला पत्रकारिताको भूमिका अहम रहने बताए । उनले प्रतिष्ठानले कला खोज, अनुसन्धान, सम्मान, पुरस्कारलगायतका क्षेत्रमा आफ्नो क्षमतानुसारको काम गरिरहेको धारणा राखे ।

हार्तम्छालीले सामाजिक, सांस्कृति रूपान्तरणमा कलाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसबारेको सम्प्रेषण गर्नु र यस क्षेत्रका समस्याको समेत खोजी गर्नु कला पत्रकारको दायित्व भएको उल्लेख गरे।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको र यसको आयामलाई जनस्तर एवं विश्वमा फैलाउनु आजको आवश्यकता भएकाले यस कार्यक्रमको आयोजना गरिएको बताए।
 
नारायण ढुङ्गानाले कला पत्रकारिताको सुरुवाती, विगत र वर्तमान अभ्यासको चर्चा गर्दै यसका अवस्था, चुनौती र यसको विकास, प्रवर्धनमा गर्नुपर्ने कार्यका बारेमा विस्तृत चर्चा गरे। साथै उनले समाजमा कलाको गतिविधिलाई बढावा दिन सबै क्षेत्र र सरोकारी निकाय लाग्नुपर्नेमा जोड दिए। 

पत्रकार सुशिला तामाङले कला पत्रकारिताको क्षेत्रको अवस्था, कोभिड–१९ पछि अवधिमा कला बिटलाई पत्रकारिताले दिएको स्थान, यस क्षेत्रमा महिला पत्रकारले दिएको योगदान तथा  ललितकला पत्रकारितालाई व्यवस्थित ढङ्गबाट सक्षम र सशक्त बनाउन राज्यबाट नीतिगत तहमै पहलको आवश्यक रहेको सुनाइन्। 

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार, विद्यार्थी तथा विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad