समाज


नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:४७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको भन्दै एकजना सवइन्जिनयियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार बराहक्षेत्र नगरपालिका, चक्रघट्टी, सुनसरीका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

सव-इन्जिनियर मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक(हाईस्कूल) तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग समेतको नक्कली झुट्टा शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको अख्तियारको आरोप छ।

उनले सोही प्रमाणपत्रका आधारमा जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा २०५३ साउन १ देखि लागू हुने गरी सहायक सव-ओभरसियर (रा.प.अनं. द्वितीय सरह) पदमा स्थायी नियुक्ति लिई २०६७ माघ ७ देखि सहायक इन्जिनियर पदमा बढुवा भई तलब भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधा प्राप्त गरेको देखिएको छ।

मण्डलको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर रहेको अख्तियारको ठहर छ।

उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad