अस्ट्रेलियाको सिड्नीस्थित 'बोन्डी बिच'मा आइतबार भएको आतंकवादी आक्रमणमा मारिएका १२ व्यक्तिमध्ये एकको परिचय खुलेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिएकामध्ये एक जना रब्बी एली स्लान्जर हुन्। उनी यहुदी धार्मिक नेता हुन्।
आइतबार अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ जना मारिएका छन् भने २९ व्यक्ति घाइते भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रण गर्न प्रहरीले दुवै आक्रमणकारीलाई गोली हानेको छ। अधिकारीहरूका अनुसार प्रहरीको गोली लागेर एक आक्रमणकारीको मृत्यु भएको छ भने अर्का गम्भीर भएका छन्।
तीमध्ये एकजनाको नाम र तस्बिर सार्वजनिक भएको छ। उनी हुन्- २४ वर्षीय नविद अक्रम। तर मारिएका आक्रमणकारी उनी हुन् कि अर्कै भन्ने अहिलेसम्म खुलेको छैन।
Shares

प्रतिक्रिया