सिरियामा शुक्रबार एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने करिब २० व्यक्ति घाइते भएका छन्।
बीबीसीका अनुसार सिरियाको होम्स प्रान्तस्थित मस्जिदमा प्रार्थना गर्न मानिस भेला भइरहेका बेला विस्फोट भएको हो। विस्फोट अलावी समुदायको बाहुल्य रहेको अल-दहाब क्षेत्रमा भएको हो।
सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानले मस्जिदभित्र राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखाएको छ।
होम्समा हालैका हप्ताहरूमा हत्या-हिंसाका घटना बढेका छन्। स्थानीयले थप सुरक्षा माग गरिरहेका छन्।
उल्लेखनीय कुरा के हो भने गत वर्ष विद्रोही हमलाबाट लामो समयदेखि राष्ट्रपति बसर अल-असदलाई पदच्युत भएपछि सिरियामा साम्प्रदायिक हिंसा बढेको छ। बसर अल-असद अलावी समुदायका हुन्।
51
Shares

प्रतिक्रिया