इरानमा महँगीविरुद्ध भइरहेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूसँगको झडपमा एक सुरक्षाकर्मीको मृत्यु भएको हो।
इरानमा पाँच दिनदेखि बढ्दो महँगी र डलरको तुलनामा इरानी मुद्रा रियालको मूल्य घटेको विरोधमा प्रदर्शन भइरहेको छ।
विरोध प्रदर्शन सुरु भएदेखि अधिकारीहरूले मृत्यु भएको पुष्टि गरेको यो पहिलोपटक हो।
तेहरानबाट सुरु भएको विरोध प्रदर्शन अहिले इरानका अन्य सहरमा पनि विस्तार भइसकेको छ।
57
Shares

प्रतिक्रिया