ग्लोबल


अमेरिकी सेनाले सिरियामा गर्‍यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’

अमेरिकी सेनाले सिरियामा गर्‍यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’

नेपालखबर
पुस २७, २०८२ आइतबार ९:४९, काठमाडौँ

अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरिएको बताएको छ।

सेन्टकमले एक्समार्फत अमेरिकी र सहयोगी सेनाहरूले आईएसलाई लक्ष्य गरी सिरियामा हमला थालिएको जानकारी दिएको हो। 

सेन्टकमले एक्समा भनेको छ, ‘यो आक्रमण २०२५ डिसेम्बर १९ मा घोषणा गरिएको अपरेसन होकआई स्ट्राइकको अंश हो।’

सेन्टकमका अनुसार २०२५ डिसेम्बर १३ मा सिरियामा अमेरिकी सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफमा अपरेसन होकआई स्ट्राइक सुरु गरिएको थियो।

सेन्टकमले भनेको छ, ‘हाम्रो सन्देश स्पष्ट छ : यदि हाम्रा सेनालाई हानि पुर्‍यायौ भने संसारका जुनसुकै ठाउँमा भए पनि हामी तिमीहरूलाई खोजीखोजी मार्नेछौँ, बच्न जतिसुकै प्रयास गरे पनि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad